बुटवलको मणिमुकुन्द सेन उद्यानमा मूर्तिकला कार्यशाला सुरु गरिँदै

२०७८ फाल्गुन १ गते, आईतवार

बुटवल । ढुंगामा आकर्षक मूर्ति कुँदेर पर्यटन प्रवर्द्धन गर्न भन्दै बुटवलमा मूर्तिकला कार्यशाला सुरु भएको छ । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले फूलबारी क्षेत्रमा मुनामदन उद्यान बनाएर आइतबारदेखि ढुंगामा मूर्ति कुँद्न थालेको हो ।

उद्यानमा ख्यातिप्राप्त मूर्तिकारसँगै ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंका विद्यार्थीले मूर्ति कुँद्न थालेका हुन् । १६ जना मूर्तिकारमध्ये ३ महिला छन् । उनीहरूले १६ गतेसम्म ढुंगामा विभिन्न आकृति बनाउनेछन् ।

उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुइटेलले ढुंगामा बुटवलको कला, संस्कृति र इतिहास झल्किने आकृति बनाइने बताए ।

आइतबारदेखि सुरु कार्यशाला फागुन १६ गतेसम्म चल्नेछ । पहिलेदेखि नै पर्यटकीय क्षेत्र भएकाले यस्तोमा मूर्ति हेर्ने र तस्बिर लिनेको थप आकर्षण रहने उद्देश्यले मूर्ति बनाउन थालिएको उनले जनाए । अङ्ग्रेज फौजलाई हराएका सेन वंशीय राजा मणिमुकुन्द सेनको शीतकालीन दरबार रहेको फूलबारीमा विभिन्न पर्यटक लक्षित संरचना छन् ।

302 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal