प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते , पोखरामा
२०७८ फाल्गुन २ गते, सोमबार
काठमाडौं । प्रेस चौतारी नेपालको आज काठमाडौंमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।
यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।
133 Views