कान्छा सिइियो न्यौपानेले बनाए एनआईसी एशिया बैंकलाई बलियो, दरिलो र बिश्वासिलो

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौ । झण्डै चार वर्ष अघि एनआईसी एशिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रोशनकुमार न्यौपाने पाएका थिए । त्यतिबेला ३८ वर्षमात्रै पुगेका न्यौपाने कामु प्रमुख कार्यकारीको जिम्मेवारी पाएको केही महिनामै प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । यस अर्थमा न्यौपाने नेपालको समग्र बैंकिङ क्षेत्रमा सबै भन्दा कान्छो प्रमुख कार्यकारी अधिकृतकोरुपमा परिचित बनेका थिए । यिनै कान्छो प्रमुख कार्यकारी अधिकृत न्यौपाने ले एनआईसी एशिया बैंकलाई सबैभन्दा बलियो, दरिलो र बिश्वासिलो बैंक बनाएकाछन ।


एनआईसी एशिया बैंक आजको दिनमा हरेक दृृष्टिकोणले नम्बर १ बैंक बन्न सफल भएको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्मको बित्तीय बिवरणलाई आधार मान्दा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरुको समग्र बैकिङ क्षेत्रको औषत कर्जा एक खर्ब ४८ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये एनआईसी एशिया बैंक एक्लैको कर्जा दुई खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यो कर्जा भनेको समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक कर्जा भन्दा एनआईसी एशिया बैंकको कर्जा ८४ प्रतिसतले बढी हो ।

 
चालु आवको दोस्रो त्रैमासमा समग्र बैंकिङ क्षेत्रको औसत निक्षेप एक खर्ब ५४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सो मध्ये एनआईसी एशिया एक्लैको कुुल निक्षेप दुई खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । यो निक्षेप भनेको समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक निक्षेप भन्दा एनआईसी एशियाको निक्षेप ९३ प्रतिसतले बढी देखिएको छ । यसैगरी समग्र बैकिङ क्षेत्रको औषत प्रतिशेयर आम्दानी चालु आवको दोस्रो त्रैमासमा १८ रुपैयाँ ४४ पैसा रहेकोमा एनआईसी एशिया एक्लैको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस अर्थमा समग्र बैंकिङ क्षेत्रको औषत प्रतिबैंक प्रति शेयर आम्दानी भन्दा एनआईसी एशियाको प्रतिशेयर आम्दानी एक सय २५ प्रतिसतले बढी देखिएको छ । सग्रम बैंकिङ क्षेत्रको स्वंपुंजी प्रतिफल पनि चालु आवको दोस्रो त्रैमासमा ११ दसमलव ३९ प्रतिसत रहेकोमा एनआईसी एशियाको स्वंपुंजी प्रतिफल २१ दसमलव ७७ प्रतिसत रहेको छ । समग्र बैंकिङ क्षेत्रको औषत स्वपुंजी प्रतिफल भन्दा एनआईसी एशियाको स्वपुंजी प्रतिफल ९१ प्रतिसतले बढी रहेको छ । सञ्चालनमा रहेका २७ वटा बैंकहरु मध्ये नीजिक्षेत्रद्धारा सञ्चालित बैंकहरुमा औषत ग्राहक संख्या १२ लाख ९५ हजार रहेकोमा एनआईसी एशिया बैंक एक्लैको कुल ग्राहक संख्या ३० लाख रहेको छ । यो संख्या भनेको औषत प्रति बैंक ग्राहक संख्या भन्दा एक सय ३२ प्रतिसतले बढी हो । 


यसैगरी बाँणिज्य बैंकहरुमा प्रति बैंक औषत शाखा संख्या एक सय ७३ रहेकोमा एनआईसी एशिया बैंकको मात्र देशको सबै क्षेत्रमा तीन सय ५८ वटा शाखाहरु सञ्चालनमा रहेकाछन । औषत प्रतिबैंक शाखा संख्या भन्दा पनि एक सय सात प्रतिसतले बढी हो । चालु आवको दोस्रो त्रैमासमा बाँणिज्य बैंकहरुमा औषत बिस्तारित काउन्टरको संख्या चार रहेकोमा एनआइसी एशिया बैंक एक्लैको बिस्तारित काउन्टरको संख्या ७० रहेको छ । यो संख्या भनेको औषत भन्दा १६ सय ५० प्रतिसतले बढी हो । यसैगरी प्रति बाणिज्य बैंक औषत एटिएम काउन्टरको संख्या एक सय ३७ रहेकोमा एनआईसी एशिया बैंकको मात्र चार सय ७३ वटा एटिएम काउन्टरहरु सञ्चालनमा रहेकाछन ।

यो संख्या भनेको औषत भन्दा दुई सय ४५ प्रतिसतले बढी हो । यसैगरी बाँणिज्य बैंकहरुमा औषत डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या तीन लाख ११ हजार रहेकोमा एनआईसी एशिया बैंक एक्लैमा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या १२ लाख ३५ हजार रहेको छ । यो संख्या भनेको औषत भन्दा दुई सय ९७ प्रतिसतले बढी हो । यसैगरी बाँणिज्य बैंकहरुमा औषत मोवाईल बैंकिङ प्रयोगकर्ताहरुको संख्या चार लाख ७९ हजार रहेकोमा एनआईसी एशिया बैंक एक्लैमा मोवाईल बैंकिङ प्रयोगकर्ताहरुको संख्या १६ लाख ८० हजार रहेको छ । यो भनेको औषत मोवाईल बैंकिङ प्रयोगकर्ताको संख्या भन्दा दुई सय ५० प्रतिशतले बढी हो । 


यि हुन एन एनआईसी एशिया बैंक नं १ हुनुका प्रमुख सुचकहरु


परिसुचक  समग्र बैंकिङ क्षेत्रको औषत एआईसी एशिया बैंक   समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक भन्दा 
        एनआईसी एशिया बैंकको बढी (प्रतिशतमा)


कुल कर्जा  १४८.८७ अर्ब  २७३.४६ अर्ब  ८४ प्रतिसत
कुल निक्षेप  १५४.८१ अर्ब  २९९.३४ अर्ब  ९३ प्रतिसत 
प्रति शेयर आम्दानी १८ रुपैयाँ ४४ पैसा  ४१ रुपैयाँ ४३ पैसा  १२५ प्रतिसत 
स्वपुंजी प्रतिफल ११.३९ प्रतिसत   २१.७७ प्रतिसत   ९१ प्रतिसत 
ग्राहक संख्या (नीजि बैंकहरुमा)  १२ लाख ९५ हजार ३० लाख   १३२ प्रतिसत 
शाखा संख्या १७३   ३५८   १०७ प्रतिसत 
एटिएम संख्या १३७   ४७३   २४५ प्रतिसत 
डेबिट कार्ड प्रयोगकर्ता ३ लाख ११ हजार  १२ लाख ३५ हजार  २९७ प्रतिसत 
मोवाईल बैंकिङ प्रयोगकर्ता ४ लाख ७९ हजार  १६ लाख ८० हजार   २५० प्रतिसत 
        (श्रोत: एनआईसी एशिया बैंक) 

423 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal