गठबन्धनले अझै अस्थिरता निम्त्याउन खोजेको छ: अध्यक्ष ओली

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनले अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएका छन्।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अस्थिरताधारी शक्तिहरू, लोकतन्त्रलाई व्यवधान पुर्याउने खोजे। संविधान कार्यान्वयनमा असफल बनाउन लागिरहेका छन्।’

पाँच दलीय गठबन्धनले राजनीतिको अस्वाभाविक कृत्रिम र अस्वाभाविक ध्रुवीकरण गराएको आरोप लगाए।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा गठबन्धनका ९८ जना सांसदको समर्थनमा महाभियोग प्रस्ताव गरेका गरेका थिए।

आजका बैठकले सोही महाभियोगको प्रतिवाद गर्ने आवश्यक निर्णय लिनेछ।

343 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal