चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या

२०७८ फाल्गुन २ गते, सोमबार

झापा । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ ।

३४ वर्षीया श्रीमती अनिता लिम्बूलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

मोबाइल बिगारेको विषयमा अमरबहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सीमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

104 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal