हराएको २४ लाख खोप खोज्न गठित समितिले प्रतिवेदन बुझायो

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । हराएको भनिएको कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप खोज्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिले सोमबार स्वास्थ्य मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो। समितिले बुझाएको प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

पाँच सदस्यीय छानबिन समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा। अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छन्।

कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको हराएको खबर बाहिरिए पछि स्वास्थ्यमन्त्री खतिवडाले खोप छानबिन समिति गठन गरी खोपको विवरण खोज्न निर्देशन दिएका थिए।

325 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal