एमसिसीका विषयमा एमाले मौन बस्‍न मिल्दैन: भीम रावल

२०७८ फाल्गुन २ गते, सोमबार

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी राष्टिय स्वाधीनताविपरीत भएको दाबी गरेका छन्।

एमाले संसदीय दलको बैठकमा एमसिसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित रूपमा पेश गरेर एमसिसीबारे स्पष्ट धारणा माग गरेका हुन्।

नेता रावलले अध्यक्ष ओलीलाई पेश गरेको पत्रमा भनिएको छ, ‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ।’

एमसिसीको विषयमा आम नेपाली जनताको गम्भीर चासो र सरोकारको विषय बनिसकेको उनको भनाइ छ। ‘गम्भीर र संवेदनशील विषयमा नेपाल एमाले जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ’ नेता भनेका छन्। आजको बैठकमा एमसिसीसँगको सम्झौता अनुमोदन गरिनुहुन्न भनेर जोरदार आवाज उठेको बताएका छन्।

179 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal