एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा प्रभाव पर्ने अमेरिकाको चेतावनी

२०७८ फाल्गुन ३ गते, मंगलवार

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुने दोहोर्याएको छ ।

अमेरिकी विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव पर्ने बताएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अरु कुनै तेस्रो देशको प्रभाव र नेपालमा ब्याप्त भ्रष्टाचारका कारण एमसीसी सम्झौता पारित गर्न ढिलाई भईरहेको भन्दै त्यसो हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।एमसीसी अनुमोदन नहुनु नेपाल र नेपाली जनताका लागि ठूलो क्षतिको विषय हुने पनि उहाँको दावी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी बोर्डलाई पत्र लेखेर सम्झौता अनुमोदनका लागि मागेको समय पूरा भएको भन्दै उक्त अवधिभित्र सम्झौता अनुमोदनका लागि अमेरिकाले औपचारिक र अनौपचारिक रुपमा नेपालको नेतृत्वलाई सूचित गरिसकेको पनि उहाँको भनाइ छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसीसी परियोजनाविरुद्ध नेपालमा भ्रमपूर्ण सूचना फैलाउन चीनले लगानी र प्रोत्साहन गरेको समेत दावी गर्नु भएको छ ।

142 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal