एमसीसीविरुद्ध प्रदर्शन हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त
२०७८ फाल्गुन ४ गते, बुधबार

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बुधबार प्रदर्शन गरिएको छ ।
विभिन्न संघ–संगठनमा आबद्ध व्यक्तिहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । एमसीसीको विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले पानीको फोहरा प्रयोग गरी प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन् । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुईजना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ समेत केही व्यक्ति घाइते भएका छन् ।
276 Views