गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

२०७८ फाल्गुन ६ गते, शुक्रबार

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुनस् बैठक बस्ने गरी नेताहरू उठेका छन् ।

माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सदनमा एमसीसी पेस गर्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ ।

213 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal