रोल्पाली जनता ‘सूर्य’मा मतदान गर्न आतुर छन्: सह–इन्चार्ज जीएम

२०७८ फाल्गुन ६ गते, शुक्रबार

फागुन । नेकपा (एमाले)की केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सह–इन्चार्ज ईश्वरी जीएमले स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लास्तरीय नेता–कार्यकर्तालाई गाउँ–टोलमा केन्द्रीत हुन आग्रह गरेकी छन् ।

एमाले रोल्पाको बिहीबार बसेको सचिवालय बैठकमा बोल्दै केन्द्रीय सदस्य जीएमले सबै पालिकाका वडा र टोल कमिटीलाई तीव्ररूपमा सक्रिय बनाउनुपर्नेमा जोड दिइन् । गठबन्धन सरकारले संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव चुनाव नगर्ने षड्यन्त्र गरेपनि सफल नहुने बताइन्। एमालेले रोल्पा जिल्लामा थप राम्रो नतिजा ल्याउनेसमेत जनाइन् । ‘रोल्पाली जनता एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर छन्। त्यसैले जनमुखी कार्यक्रम लिएर टोल–टोलमा पुगौँ,’ उनले भनिन् ।

एमाले रोल्पालाई बलियो बनाउन पार्टी कमिटीसँगै जनवर्गीय संगठनलाई पनि चलायमान बनाउन जरुरी रहेको उनको भनाइ छ । एमाले अहिले प्रतिपक्षको भूमिकामा रहेपनि पाँच दलीय गठबन्धनको गलत हर्कतविरूद्ध जनतासँगै उभिएको जीएमले बताएकी छन् ।

251 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal