पत्रकार महासंघको बैतडी अध्यक्षमा खगेन्द्र अवस्थी चयन

२०७८ फाल्गुन ६ गते, शुक्रबार

बैतडी । नेपाल पत्रकार महासंघ बैतडीमा सहमतिमा नेतृत्व चयन भएको छ। जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।

उपाध्यक्षमा नरी दत्त बडू तथा बिन्दु चन्द, सचिवमा तृप्ति शाही, सहसचिवमा विनोदसिंह बिष्ट तथा प्रेम वड र कोषाध्यक्षमा डिआर भट्ट चयन भएका छन्। यसैगरी अन्य सदस्यहरूसहित १८ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ।

289 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal