नेकपा (एस)को स्थायी कमिटी बैठक बस्दै, एमसीसीबारे निर्णय गर्ने

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शनिबार आज बिहान ११ बजे बस्ने भएको छ ।

बैठकले एमसीसीबारे निर्णय गर्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म एमसीसी पास गर्न नहुने पक्षमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले भने जसरी पनि एमसीसी पास गर्ने पर्ने अडान लिदै आएको छ । जसका कारण सत्ता गठबन्धन नै संकटमा परेको छ ।

नेकपा एकीकृत समाजवादी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने भएको हो ।

नेपाली काँग्रेसले एमसीसी संसदमा टेबुल गर्नका लागि अधिकतम प्रयास गरेपनि सफल भएको छैन । भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल हुने सम्भावना रहेको छ ।

326 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal