कर्णालीका मन्त्रीहरूले गरे सहिदपार्क सरसफाइ

२०७८ फाल्गुन ७ गते, शनिबार

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशका मन्त्रीहरूले सहिदपार्क सरसफाइ गरेका छन्।

वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिदपार्कमा मुख्यमन्त्री जीवनबहादुर शाही, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायालगायत मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाइ गरिएको छ।

सुर्खेत प्रशासनसँगको सहकार्यमा शनिबार बिहान सहिदपार्क परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो। बिहीबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो। सोहीअनुसार शुक्रबारदेखि तीन दिनसम्म दीपावलीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दीपावली गर्ने निर्णय गरेको छ। यस्तै, कर्णाली प्रदेशभरका नागरिकले पनि आ–आफ्नो घरमा तीन दिनसम्म दीपावली गर्न सरकारले आग्रह गरेको छ।

भने प्रजातन्त्र दिवसकै अवसरमा प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरूमा राष्ट्रिय झण्डा फहराइएको छ।

176 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal