नेकपा एसको स्थायी कमिटी बैठक सुरु, एमसीसीबारे निर्णय लिने
२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौं । एमसीसी र गठबन्धनबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको हो ।
बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । नेकपा एसले एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्ने बताइएको छ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन् ।
माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ । आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक पनि आइतबार नै तय भएको छ ।
218 Views