फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य

२०७८ फाल्गुन ७ गते, शनिबार

काठमाडौं । कुशल भुर्तेलले करियरको पहिलो शतक प्रहार गरेपछि नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको छ ।

ओपनर कुशलले अविजित १०४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।

315 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal