जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ पनि आज सकिन्छ: बास्कोटा

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपा एसलाई लक्षित गर्दै जस्केलाबाट आएको नक्कली पार्टीको पार्टीको फाइँफुइँ आजै सकिने ठोकुवा गरेका छन् ।

‘मन्त्रीहरुले भोट हाल्ने, नेताहरुले बहिष्कार गर्ने। समाजवादी कायदा ?’ विवादित एवं बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले लिएको निर्णयप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ।’

नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनुपर्ने निर्णय गरेको थियो । एमसीसीबारे साझा धारणा बनाउन सत्तागठबन्धनको बैठक बस्दैछ । त्यस्तै आजै प्रतिनिधिसभाको बैठक पनि डाकिएको छ ।
एमसीसीकै कारण सत्तागठबन्धन धरापमा परेको छ ।

143 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal