सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरू

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।

बैठक केहीबेर अघि शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत शुक्रवार बसेको बैठकमा अमेरिकी सहयोग एमसीसीवारे गम्भीर छलफल भएपनि गठबन्धनले सहमतिका लागि कुनै निर्णय गर्न सकेको थिएन।

गठबन्धन बैठकले निर्णय लिनुअघि सत्तासाझेदार पार्टीहरुको आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक आज बस्ने गरी स्थगित भएको थियो।

मूलतः एमसीसी सम्झौताको प्रस्ताव संसदमा लैजाने विषयमा सत्तागठबन्धनवीच फरक–फरक धारणा रहिआएको छ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसी परियोजना सम्झौता संसदमा दर्ता गरी ठोस निर्णय गर्ने पक्षमा छ भने गठबन्धनकै प्रमुख घटकहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भएकाले सहमति खोज्नु पर्ने अडानमा रहेका छन्।

273 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal