एमालेले कार्यव्यवस्था बैठक बहिष्कार गर्ने, संसद अवरोध पनि कायमै

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्ने भएको छ।

प्रतिनिधिसभा बैठक बस्नु अघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। तर यसअघिका बैठकहरूमा अनुपस्थित रहदै आएको एमाले आज पनि नजाने भएको हो।

एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ भन्नु हुन्छ, ‘हामीले राखेका माग सुनुवाइ भएको छैन हामी किन जाने, हामी जानुको अर्थ नै छैन।’ उनले आजको प्रतिनिधिसभाको बैठकमा पनि अवरोध कायमै रहने बताए।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेको भन्दै एमाले रुष्ट छ। भदौ देखि उसले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ।

112 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal