संसदमा ‘एमसीसी’ टेवल गर्ने विषयमा प्रचण्डको असहमति

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसी सम्झौता मात्र टेवल गर्ने विषयप्रति आपत्ति जनाएका छन् ।
बैठकमा प्रचण्डले एमसीसी मात्र टेवल गर्न नहुने भन्दै अझै आमसहमतिको खोजी गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने आफूलाई धेरै दवाव आएको भन्दै आज एमसीसी टेवल गरेरै अघि बढ्ने बताएका थिए ।

आजको शीर्ष नेतृत्वको वालुवाटार छलफलका सम्बन्धमा:

१. अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनी हाल लामो समय देखी सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई MCC मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।

२. अध्यक्ष कमरेडले, यदी तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ।

३. उपरोक्त स्थितिमा आ आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो -अध्यक्ष कमरेड प्रचण्डको सचिबालय

285 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal