‘अमेरिकी सेनाको गोली खानुभन्दा नेपाली सेनाको गोली खान तयार’ (फोटोफिचर)

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन भएको छ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल, अनेरास्ववियू (क्रान्तिकारी) र एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा ‘एमसीसी स्वाहा’, ‘नो एमसीसी’ लेखिएको कालोपट्टी टाउकोमा बाँधेर प्रदर्शन गरेका हुन् । त्यस्तै प्रदर्शनकारीले ‘पछि अमेरिकी सेनाको गोली खाए मर्नुभन्दा अहिले नेपाली सेनाको गोली खाएर मर्न तयार छु’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

222 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal