एमाले महासचिवको टिप्पणीः माओवादी र नेकपा एसले तयारीसहितको भद्दा नाटक मञ्चन गरिरहेछ

२०७८ फाल्गुन ९ गते, सोमबार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गरिरहेको बताएका छन् ।

महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित मञ्चन गरेको भद्दा नाटक गरेको आरोप लगाएका हुन् । उनले कुनै दलको नाम उल्लेख भने गरेका छैनन् ।

‘विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो’, पोखरेलले भनेका छन् ।

यसअघि माओवादी केन्द्र र नेकपा एसले एमसीसी कुनै हालतमा टेबल गर्न नदिने भन्दै रोकेका थिए भने हिजो सहमति गरेर पेस गर्न दिइएपछि एमाले महासचिव पोखरेलको यस्तो भनाइ सार्वजनकि भएको हो ।

माओवादी र नेकपा एसका कार्यकर्ता भने एमसीसीको विरोधमा सडक प्रदर्शन गरिरहेका छन् ।

126 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal