मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक कृष्णनगरमा सम्पन्न

२०७८ फाल्गुन १० गते, मंगलवार

कपिलवस्तु l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कार्यालयमा मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक सम्पन्न भएको छl उक्त बैठकबाट कृष्णनगर नगरक्षेत्र भित्र संचालनमा रहेका मनोरंजन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहीत र मर्यादित श्रम सम्बनधी न्यूनतम मापदण्ड तथा अनुगमन निरिक्षण निर्देशिका २०७८ लाई कार्यपालिकाको बैठकमा पेश गर्ने र अनुगमन सम्बन्धमा बैठकले निर्णय गरेको छ l

उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, बलराम पन्थी, इश्वरी प्रसाद पौडेल, राजेश मिश्र, महिला तथा बालबालिक शाखा प्रमुख थुमा देवी उपाध्याय, माइती नेपालका रूपन्देही र कपिलवस्तु जिल्ला संयोजक माया क्षेत्री, माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना का कपिलवस्तु फिल्ड संयोजक विकाश श्रीवास्तव लगायत प्रहरी, कर्मचारी, जन प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो l

143 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal