गगन थापामाथि सुरक्षा खतरा: बढाइयो विशेष सुरक्षा

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौं । सरकारले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सुरक्षा बढाएको छ । सुरक्षा खतरा बढेको भन्दै थापाको सुरक्षा बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

सरकारले थापासहित तीन नेताको सुरक्षा बढाएको हो । कांग्रेस महामन्त्री थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा। प्रकाशशरण महतको सुरक्षा बढाइएको छ ।

थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको स्रोतले बताएको छ ।

एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन् ।

केही दिनअघि मात्रै नयाँ बानेश्वरमा प्रहरी र प्रदशनकारीबीच झडप समेत भएको थियो । महामन्त्री थापाले एमसीसीको विरोध पनि गर्ने र सरकारमा पनि बसिरहने माओवादी प्रवृत्तिको निरन्तर आलोचना गर्दै आएका छन् ।

गृह मन्त्रालयले एमसीसीको पक्षमा बोल्दै आएका अरू व्यक्तिको सुरक्षामा पनि ध्यान दिन निर्देशन दिएको बताइएको छ ।

120 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal