हुम्लामा बाक्लो हिमपात, हवाई सेवा अवरुद्ध

२०७८ फाल्गुन ११ गते, बुधबार

काठमाडौं । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानदेखि बाक्लो हिमपात भएको छ ।

यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका विमानस्थलले जनाएको छ ।

सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ ।

हिमपात हुँदा कृषक भने कृषी उत्पादन बढ्ने आसले रमाएका छन् । यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५ सय विरुवा जुम्लाबाट ल्याइएको छ ।

240 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal