तोलामा एक हजारले घट्यो सुनको मूल्य

२०७८ फाल्गुन १३ गते, शुक्रबार

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ। बिहीवार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ। ​त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँ घटेको छ। आज प्रतितोला मूल्य १ हजार ३३५ रुपैयाँ तोकिएको छ।

103 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal