सत्ता गठबन्धन नै एमसीसीको विरुद्धमाः अध्यक्ष ओली

२०७८ फाल्गुन १३ गते, शुक्रबार

पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरु सरकारमा बसेर आफै सडकमा उत्रेको भन्दै आलोचना गरेका छन्। अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा सत्ता गठबन्धन दलका कार्यकर्ता नै सडकमा उत्रिएको भन्दै ओलीले आलोचना गरे।

पार्टीको कार्यक्रममा सहभागि हुन शुक्रबार पोखरा आएका अध्यक्ष ओलीले एमसीसी पास गर्ने भनेर कांग्रेसले भनेको छ तर, ढुंगा हानेको छ। सभामुखले टेबल गरेका छन, तर कार्यकताले ढुंगा हानेको भन्दै आलोचना गरे। ‘सरकारमा पनि उनै बस्ने, सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडकमा प्रहरी देख्नासाथ ढुंगा हान्न लगाउँछन,’ उनले भने।

पाँचदलीय गठबन्धन अहिले चुनाव गर्नुहँदैन भनेर लागिपरेको उनले आरोप लगाए। चुनाव भएमा सबै दललाई एमालेले सिध्याउँछ भनेर एमालेसँग डराएको उनले बताए। निर्वाचनको मिति घोषणा भएपछि भोक र निद्रा लाग्न छाडेको छ गठबन्धनलाई। निर्वाचनमा कसरी जाने भनेर डराएका छन्,’ उनले भने। गठबन्धन भ्रष्टाचार गर्नका लागि बनेको पनि ओलीले आरोप लगाए।

119 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal