वडाध्यक्ष आचार्यद्धारा सुनौलो हजारका ८० जना महिलालाई पौष्टिक आहार प्रदान

२०७८ फाल्गुन १३ गते, शुक्रबार


कपिलवस्तु । युग र जनताको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकामै उत्कृष्ट कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा न. ३ ले अर्को उदाहरणिय कार्य गरेको छ । विकास निर्माणका कामले मात्र वडासंगै नगर समृद्ध हुन नसक्ने भएकाले निर्वाचित भएको पहिलो बर्ष देखिनै लक्षित वर्गका कार्यक्रमलाई पनि निरन्तर समावेश गर्दै आएको वडा नं। ३ ले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको छ ।

एक कार्यक्रमको आयोजना गरि वडाका ८० भन्दा बढी सुनौलो हजार दिनका महिलाहरुलाई विभिन्न पौष्टिक आहार वितरण गरिएको वडाध्यक्ष बिकास आचार्यले जानकारी दिनुभयो । वडा कार्यालयले मा ८० जना बढी गर्भवती तथा सुत्केरी महिलाहरुलाई हर्लिक्स, मह, चना, भट्मास र आयोडिन नुन जस्ता पोषणयुक्त खानेकुरा बितरण गरेको हो ।

बच्चा तथा आमा दुवैको स्वास्थ्य अवस्था मजबुत बनाई शिशु मृत्युदर कम गर्ने र स्वास्थ्य क्षेत्रलाई थप बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको वडाध्यक्ष आचार्यले बताउनुभयो । उहाँले आफु जनप्रतिनिधि हुंदा वडावासीलाई दिएका आवश्वासन पुरा गर्ने क्रममा रहेको बताउदै वडाका आधारभुत आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेको बताउनुभयो ।

पौष्टिक आहार पाएसंगै गर्भवती तथा सुत्केरी महिलाहरुले वडाध्यक्षलाई धन्यवाद दिंदै खुसी व्यक्त गरेका छन् ।

306 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal