जसपाको बैठक बस्दै: एमसीसीबारे निर्णय लिने

२०७८ फाल्गुन १४ गते, शनिबार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ।

शुक्रबारदेखि जारी केन्द्रीय कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा छलफल गरिरहेको छ। शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा कार्यकारिणी सदस्यहरूलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो ।

सत्तारुढ सबै राजनीतिक दलहरुले एमसीसीको सम्बन्धमा धारणा स्पष्ट गरिसकेको भएपनि जसपाले यसबारे हालसम्म औपचारिक धारणा स्पष्ट पार्न सकेको छैन । पार्टीमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिच एमसीसीको विषयमा फरक फरक मत रहेको नेताहरुले बताउने गरेका छन् । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छन्। अध्यक्ष उपेन्द्र यादव भने एमसीसीका विषयमा मौन देखिएका छन्।

कार्यकारिणी बैठकमा स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक कार्यको समिक्षा र समायोजनको सम्बन्धमा छलफल हुनेछ । जसपा नेता प्रकाश अधिकारीका अनुसार बैठकले कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरुको कार्य समिक्षा र केन्द्रीय समिति तथा संघीय परिषद्को बैठकको सम्बन्धमा छलफल गर्नेछ ।

115 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal