अभिनेता पल शाह आफै पुगे प्रहरी कार्यालय

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । अभिनेता पल शाहले आत्मसमर्पण गर्दै प्रहरी कार्यालय पुगेका छन् ।

शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।

आइतबार बिहानै फेसबुक स्टाटस लेख्दै शाहले शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए ।

नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।

उनले फेसबुकमा लेखेका थिए– ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

244 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal