एमाले अवरोधबीच प्रतिनिधिसभामा एमसीसी छलफलका लागि पेस

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । अमेरिकी सहयता परियोजना एमसीसी संसदमा समान्य छलफलका लागि पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेका हुन् । पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ। बोल्न चाहाने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ।

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’लाई पार्टीका सांसदहरुले एमसीसी सम्झौताका सन्दर्भमा तयार गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले मान्ने आधार के हो ? भन्दै प्रश्न गरेका छन् । सांसदहरुले प्रचण्डलाई सम्झौताको संकल्प प्रस्तावका रुपमा तयार भएको घोषणा अमेरिकाले नमाने के हुन्छ ? भनेर पनि प्रश्न गरेका छन् ।

प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले समेत व्याख्यात्मक घोषाणासहित एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने निर्णय गरेको हो ।

182 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal