जेसिबी दुर्घटना हुँदा सहचालकको मृत्यु

२०७८ फाल्गुन २० गते, शुक्रबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी–१२ खहरे केराबारीछापमा जेसिबी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सहचालक महोत्तरी बर्दिबास–६ का १८ वर्षीय रोहित आले मगरको घटनास्थल मै मृत्यु भएको हो ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा२क ६६१८ नम्बरको जेसिबी माटोमा भासिन गइ सडकबाट करिब १०० मिटर तल खसेको बस्नेतले बताए ।

चालक बाँके राप्तीसोनारी–४ का २२ वर्षीय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal