गोवडिहवा एमालेको नेतृत्वमा बेल्बासे, सचिबको जिम्मेवारी ज्ञान् प्रसाद घिमिरेलाई

२०७८ फाल्गुन २१ गते, शनिबार

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाणगंगा नगरपालिका वडा नं. २ अन्तर्गत गोवडिहवा टोल कमिटि गठन गरिएको छ । टोल कमिटि गठन गरिएसंगै वडामा पार्टी थप बलियो हुने विश्वास गरिएको छ । डासुराम बेल्बासेको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा पुर्ण प्रताप पुन, सचिवमा ज्ञान प्रसाद घिमिरे, उप–सचिवमा चन्द्र बहादुर थापा र लिला भुसाल सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटि सदस्य टामजेन रानाले निर्वाचन नजिकिदै गर्दा पार्टीलाई शसक्त बनाउन टोल कमिटिको भुमिका अहम रहने बताउनुभयो । रानाले नवनिर्वाचित कमिटिको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

टोल भेलामा पार्टीका पुर्व जिल्ला कमिटि सदस्य पदमलाल अधिकारी, बाणगंगा नगर कमिटि सदस्य भगवता अधिकारी लगायतको आतिथ्यता रहेको थियो भने पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालले नेतृत्व गरेका देशका पालिकाहरुमा विकासको लहर देखिएकाले अबको निर्वाचनमा सबै पालिकामा एमालेको नेतृत्व आवश्यक रहेको बताएका थिए । टोल कमिटिका अध्यक्ष डासुराम बेल्बासेले कमिटिलाई शसक्त रुपमा अगाडि बढाउने बताउँदै अध्यक्षमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो । टोल कमिटिका पुर्व अध्यक्ष नेत्र घिमिरेको अध्यक्षता तथा पुर्व सचिव बिष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

266 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal