माओवादी सिद्धिने चिनामै लेखेको छः एमाले अध्यक्ष ओली

२०७८ फाल्गुन २१ गते, शनिबार

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिने माओवादीको चिनामै लेखेको बताउनुभएको छ प्रेस चौतारी नेपालको प्रदेश नम्बर १ अधिवेशनलाई झापाको बिर्तामोडमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले कम्युनिस्ट नामको पीपीई लगाएकालाई चिन्नुपर्ने बताउनुभयो । उहाँले माधव गुटको हालत चिचिलामै कुहिएको गट्टोजस्तो भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले प्रदेश नम्बर १ को नाम साझा पहिचान हुने कोशी राख्नुपर्ने धारणा राख्नुभयो । यो प्रदेशमा आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको पानी बग्ने कोशीले सबैलाई समेट्ने र यो नै प्रदेशको पहिचान बन्ने भन्दै उहाले जातीयताको आधारमा नाम नराख्न पनि आग्रह गर्नु भएको छ ।

किरात नाम राख्दा अन्य समुदायमा चोट पुग्न सक्ने वा अन्यको भावना समेटिन नसक्ने भन्दै जातको आधारमा पहिचान खोजिन नहुने तर्क राख्नु भयो ।

327 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal