संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी हुन्छ: प्रधानमन्त्री

२०७८ फाल्गुन २१ गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी हुने बताएका छन् ।

आज काठमाडौँमा नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी हुने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने बताएका हुन् ।

उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ ।’

109 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal