‘हात्तीको कानमा चमेरोहरू ओत लाग्न खोज्दैछन्, साथ दिनु हुँदैन’: उपसभापति गुरुङ

२०७८ फाल्गुन २१ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिएका छन्। कांग्रेस निकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस हात्ती भएको र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेको टिप्पणी गरे।

‘हात्तीको ठूलो कान देखेर चमेरोहरू ओत लाग्न खोज्दैछन्। चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन‚’ उनले भने‚ ‘त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’

यस्तै उपसभापति गुरूङले अमेरिकन सहयोग परियोजना एमसिसी पारित गर्न कांग्रेस नेतृत्वको सरकार अघि बढ्दा विरोध गर्ने राजनीतिक दलहरूले विरोध गरे पनि त्यसले कुनै असर नपरेको बताए।

‘कांग्रेस हात्ती हो हात्ती लम्किरहन्छ। हात्ती लम्किँदा कहिलेकाही कुकुरहरू भुक्ने गर्छन्‚’ उनले भने‚ ‘धेरै दिन भएको छैन। कांग्रेसरुपी हात्ती लम्किरह्यो तर, हात्ती लम्किँदै बानेश्वर पुग्यो। बानेश्वर पुग्दै गर्दा केही कुकुर भुके। तर, एमसिसी पास भयो।’

उपसभापति गुरूङले आगामी बर्ष निर्वाचन बर्ष भएकाले त्यसको लक्षित गरेर लाग्न कार्यकर्तालाई निर्देशन गरे।

100 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal