सुर्खेतमा प्रहरीको कुटाईबाट यात्रुको मृत्यु

२०७८ फाल्गुन २१ गते, शनिबार

वीरेन्द्रनगर । सुर्खेतमा प्रहरीको कुटाईबाट एक जना यात्रुको मृत्यु भएको छ। नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्यु भएको हो।

शुक्रबार राती नेपालगंज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन्।

‘प्रहरीले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो।’ मृत्तकका अंकल कलमबहादुर हमालले भने, गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए। उनीहरु प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।’ उपचारका क्रममा सुर्खेत हस्पिलतमा शनिबार दिउँसो मृत्यु भएको हो।

के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो।’ प्रहरी प्रवक्ता घर्तीले भने, विस्तृत विवरण बुझ्दै छौं। अनुसन्धानपछि सवै खुल्नेछ।’

अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन्। सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ।

104 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal