मोरङमा पाँच हजार नेता-कार्यकर्ता एमालेमा प्रवेश गर्दै ,ओलीले स्वागत गर्ने

२०७८ फाल्गुन २३ गते, सोमबार

मोरङ । नेकपा एमाले मोरङले आक्रामक ढंगले चुनावी अभियान सुरु गरेको छ । वडा, पालिका र जिल्ला अधिवेशन सर्वसम्मतरूपमा सम्पन्न गरी टोल कमिटीलाई समेत पूर्ण दिइसकेको एमालेले आगामी स्थानीय तहको निर्वाचन लक्षित चुनावी अभियान सुरु गरेको हो ।

एमालेले अभियानअन्तर्गत दक्षिणपूर्वी मोरङको रंगेलीमा तराई केन्द्रित जनसभा आयोजना गर्न लागेको छ । लामो इतिहास बोकेको मोरङको पुरानो सदरमुकाम समेत रहेको रंगेलीमा एमालेले आगामी २५ फागुनमा चुनाव लक्षित जनसभा गर्ने भएको हो ।

सभालाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले प्रदेश सांसददेखि कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा ९एस० का केन्द्रीयस्तरका नेता, प्रदेश, जिल्ला र वडा तहसम्मका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

जनसभामा कम्तीमा ५० हजार बढी नेता कार्यकर्ताको उपस्थिति रहने पोखरेलले दाबी गरे । उनका अनुसार मोरङमा एमालेका ३५ हजार पार्टी सदस्य छन् ।

165 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal