अब “घर घरमा एमाले, टोलटोलमा एमाले ” !

२०७८ फाल्गुन २३ गते, सोमबार

काठमाडौं । “घर घरमा एमाले, टोलटोलमा एमाले ” घरदैलो कार्यक्रम चितवनमा सरु हुने भएको छ । स्थानी चुनावलाई केन्द्रित गरी कार्यक्रम सुरु गरिएको छ । नेकपा एमाले चितवनले पार्टी अगुवा कार्यकर्ताबीच अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सो कार्यक्रम गरिएको हो । एमालेले निर्वाचन आफ्नो पक्षमा पार्न ” घर घरमा एमाले, टोलटोलमा एमाले” नारा तय गरी अनुशिक्षण कार्यक्रमसँगै जिल्लाका सात पालिकाका ९८ वटा वडाका घरघरमा पुग्ने योजना बनाएको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

शनिबारबाटै सुरू भएको एमालेको बृहत् घरदैलो कार्यक्रमको दोस्रो चरण चैत १ गतेबाट सुरू हुनेछ । पछिल्लो समय देशभर एमालेप्रतिको आकर्षण बढ्दै गएको छ ।

281 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal