चिङ्गाडमा नेपाली काङ्ग्रेसले गर्यो भातृ संघगठनको नेतृत्व चयन
खगेन्द्र हमाल,सुर्खेत । जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा नेपाली काङ्ग्रेसले भातृ संगठनको नेतृत्व चयन गरेको छ।नेपाली काङ्ग्रेस चिङ्गाडका पार्टी सभापति डोर प्रसाद शर्मा र साविक वडाका अगुवाई नेता कार्यकर्ताहरुको उपस्थितिमा चिङ्गाडमा बृहत कार्यक्रममा नेपाल महिला संघ र नेपाल तरुण दलको नयाँ नेतृत्व चयन गरिएको काङ्ग्रेस चिङ्गाडका कार्यसमिति सह(सचीव तथा चिङ्गाडका प्रचारप्रसार बिभाग प्रमुख कर्ण बहादुर रोकायले जानकारी दिए।
नेपाल तरुणदल अध्यक्षमा खगेन्द्र जि सिको नेतृत्वमा ५९ सदस्यीय नेतृत्व चयन भएको छ भने नेपाल महिला संघ तर्फ पालिका सभापतिमा लक्ष्मी हमाल (खड्का)को नेतृत्वमा ५१ सदस्यीय सर्बसहमत चयन भएको छ।
कार्यक्रममा सभापति डोर प्रसाद शर्माले स्थानीय निर्वाचन बारे महत्त्वपूर्ण भनाइ राखेका थिए।सभापति शर्माले नव गठित भातृ संगठनका पदाधिकारीहरुलाई बधाई दिदै संगठन बिस्तारमा बिशेष जोड दिन आग्रह गरेका थिए।त्यसैगरी अन्य नेताहरुले आ-आफ्नो भनाइ राखेका थिए।
नेपाल महिला संघ चिङ्गाडको नेतृत्वमा लक्ष्मी हमाल(खड्का)आउदा चिङ्गाडको राजनीतिमा तरंग उत्पन्न भएको छ।नेकपा एमालेको राजनीतिक सस्कारमा लिप्त भएकि हमाल एक्कासि काङ्ग्रेसको भातृ संगठनको नेतृत्वमा होमिदा बिशेष गरेर रानिबासको सन्दर्भमा निकै प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।