अखिल नेपाल किसान महासंघ कपिलवस्तुको नेतृत्वमा पन्त
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघ कपिलवस्तुको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । आज जिल्लाको बाणगंगा नगरपालिका पिस हिमालयन रिसोर्टमा किसान महासंघको सम्मेलन सम्पन्न भएको हो ।
अखिल नेपाल किसान महासंघको केन्द्रिय सचीवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्व कृषि मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता, नेकपा एमालेका केन्द्रिय सदस्य तथा कृषि तथा पशुपन्छी बिभाग प्रमुख गिरधारिलाल न्यौपाने, एमाले कपिलवस्तुआ निवर्तमान अध्यक्ष झबी पोखरेलको बिशिस्ट आतिथ्यता रहेको अखिल नेपाल किसान महासंघ कपिलवस्तु अधिवेशन आज चार नवंर जितपुरमा सम्पन्न भएको हो । अधिवेशनमा बोल्दै प्रमुख अतिथी आरती पौडेलले कृषकहरुको एक मात्र सारथि नेकपा एमाले रहेको बताउनु भएको छ । उहाले भन्नुभयो “नेकपा एमाले सधै देश र जनताको लागि लढ्ने र किसानको पक्षमा आवज उठाउने पार्टी हो । किसानका हरेक मुद्दामा नेकपा एमाले किसानको पक्षमा रहने छ ।”
यस्तै अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेले एमाले मजदुर किसान तथा जनताको पार्टी भएकाले सधै किसानको सारथि बन्ने बताउनु भयो । यस्तै उहाले आउने स्थानीय चुनावमा नेकपा एमालेका उम्मेद्बारलाई बिजय बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । सम्मेलनबाट अध्यक्षमा रुकमागत पन्त, उपाध्यक्षमा रामप्रसाद केवट, सचिबमा नारायण प्रसाद पन्थी, कोषाध्यक्षमा ठाकुर पौडेल निर्वाचित हुनुभएको छ ।