नेपाललाई पीएनजीले दियो २ सय ९३ रनको लक्ष्य

२०७८ चैत्र ११ गते, शुक्रबार

काठमाण्डौ । पपुवा न्युगिनी पीएनजी सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले दुई सय ९३ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नोर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

एकदिवसीयमा यो पीएनजीको अहिलेसम्मकै ठूलो योगफल हो । यसअघि पीएनजीले हङकङसँगको एकदिवसीय क्रिकेटमा सन् २०१४ मा दुई सय ६४ रनको सर्वाधिक ठूलो योगफल बनाएको थियो ।

त्यस्तै पीएनजी नेपालसँगको खेलमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । यसअघि सन् २०१९ मा संयुक्त अरब इमिरेट्स ९यूएई० ले नेपालसँगको तेस्रो एकदिवसीय खेलमा दुई सय ५४ रन बनाएको थियो जुन नेपालले एकदिवसीयमा पाएको सर्वाधिक ठूलो लक्ष्य थियो । यद्यपि नेपालले पारस खड्काको एक सय १५ रनको सहयोगमा नेपालले त्यो लक्ष्य पूरा गरेको थियो । यो नै नेपालले एकदिवसीयमा पूरा गरेको र बनाएको अहिलेसम्मको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एकदिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ ।

271 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal