कृष्णनगरको राजनीति र कुनाल प्रताप शाहको संभावना

२०७८ चैत्र ११ गते, शुक्रबार

सुमन पौडेल, कपिलवस्तु । कृष्णनगरको राजनीतिमा जबर्जस्त नाम हो कुनाल प्रताप शाह! कपिलवस्तुको दक्षिण-पश्चिम क्षेत्रमा नेपाल भारत सिमामा रहेको कृष्णनगर नगरपालिका र जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पछिल्लो समय युवा राजनीतिज्ञका रुपमा चर्चामा आएका कुनाल प्रताप शाह नेकपा एमालेमा प्रवेश गरेर कपिलवस्तुका सम्पुर्ण पालिकाहरुमा एमालेलाई बलियो रुपमा स्थापित गराउन चाहन्छन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि नेता शाहलाइ प्रवेश गराउन आउने भएपछी कपिलवस्तुको राजनीतिमा नै हलचल आएको छ ।

शाह परिवारमा जन्मिएका उनी युवा राजनीतिज्ञ सङै युवा व्यवसायी पनि हुन । भारतको अमिती युनिभर्सिटीबाट मास्टर्स शिक्षा अध्यक्ष गरेका नेता शाह राजनीतिक चेतना र बैचारिक दृष्टिकोणले अब्बल मानिन्छन । कपिलवस्तुको दक्षिण-पश्चिम क्षेत्रमा रहेको कृष्णनगर नगरपालिका बिकासका दृष्टिकोणले अलिक पछाडि परेको छ । नगरपालिकामा प्रत्येक बर्ष हुने बेरुजु, ब्यक्तिबाद हावी हुनु र नेतृत्व गरेका जनप्रतिनिधिले राम्रो नेतृत्व दिन नसक्दा कृष्णनगर नगरपालिका पछि परेको छ ।

७४ सालको स्थानीय चुनावमा जनताद्वारा चुनिएका जनप्रतिनिधि हरुमा ब्यक्तिवाद हावी हुनु र कर्मचारीहरुको लापरबाहीले नगरमा जनताका लागि कुनै योजना कार्यान्वयन हुन सकेका छैनन । ५ बर्ष स्थानीय नेताले नेतृत्व गर्दा नगरमा सोचेअनुरुपको बिकास निर्माण हुन सकेको छैन । ५ वर्ष पछि हुन लागेको स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा नेकपा एमाले बाट कुनाल प्रताप शाहको संभावना बलियो छ ।

स्थानीय जनता सङ प्रत्यक्ष रुपमा सम्पर्कमा रहेका, जनताको शुखस्दुख मा सहयोग गरेका कारण पनि जनतामाझ लोकप्रीय कुनाल प्रताप शाहले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी रहने बताएका छन । मेयर पदका प्रत्यासी शाहका पिता डा। राकेश प्रताप शाह (शाह क्लिनिक) कृष्णनगरका डाक्टर तथा समाजसेवी समेत हुन ।

समाजसेवी पिताको लोकप्रीयता र कुनाल प्रताप शाह सङ भएको भिजनले कृष्णनगरको मुहार फेरिने जनअपेक्षा छ । जनतामाझ लोकप्रिय, समाजसेवी र भिजन भएका नेता शाह पार्टीका अग्रज नेता हरु सङ राम्रो सम्बन्ध बनाउदै एमाले अध्यक्ष ओलिका प्रीय र बिश्वासिलो पात्र बनेका छन । यस कारण पनि पार्टी पङ्तिले कृष्णनगरको मेयरमा कुनाल प्रताप शाहको संभावना देख्दै कृष्णनगरको नेतृत्वमा जनभावना अनुसार कुनाल प्रताप शाह लाई अगाडि सार्ने मनस्थितिमा छ । जनता सङ प्रत्यक्ष रुपमा जोडिएका, बुद्धिजीवी समाजसेवी नेता शाहको नेतृत्वको प्रवल संभावना रहेको कृषनगरमा ५ बर्षमा जिल्लाकै उत्कृष्ट नगरपालिका बन्ने निश्चित छ ।

1032 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal