बैशाख ३० पछि एमाले पहिलो पार्टी बन्छ भिम रावल

२०७८ चैत्र १३ गते, आईतवार

अछाम । पुर्व उपप्रधान तथा रक्षा, गृह मन्त्री डा.भीम रावलले आगामी निर्वाचनमा नेकपा एमाले देशकै पहिलो पार्टी हुने दावी गरेका छन् ।

नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँको भेलामा बोल्दै रावलले जनताले आगामि बैशाख ३० गते निर्वाचनमा नेकपा एमालेलाई दुई तिहाई मतका साथ देशकै पहिलो पार्टी बनाउने दावी गरे ।

नेता रावलले नेपाली काँग्रेसले आज भन्दा ७० बर्ष अघि कोशि, गण्डकी, महाकाली लगाएतका विभिन्न सन्धी सम्झौता गरेर धोका दिएको उल्लेख गरे ।

यस्तै उनले कपडा कारखाना, कागज कारखाना, इट्टा र जुत्ता कारखाना जस्ता विभिन्न कल कारखानाहरु कौँडीको मुल्यमा बेचेका कारण नेपाली काँग्रसको विरोध गर्नु परेको बताए ।

नेता रावलले केही नेताले नेपाली जनतालाई धनी बनाउनुको सट्टा विदेशीको चाकरी गरेर धोका दिएको उल्लेख गरे ।

250 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal