सबै राजनैतिक दलको महागठबन्धन निर्माण गरेपनि एमालेलाई परास्त गर्न नसक्ने अध्यक्ष ओलीको दाबि

२०७८ चैत्र १४ गते, सोमबार

कपिलवस्तु । सता गठबन्धन मात्रै होईन मुलुकका सबै राजनैतिक दलको महागठबन्धन निर्माण गरी निर्वाचन लडे पनि नेकपा एमालेलाई परास्त गर्न नसक्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबि गरे । एमाले कपिलवस्तुले आयोजित पार्टी प्रवेश तथा वृहत जनसभामा बोल्दै एमालेले देशलाई डिजिटर आधुनिक नेपाल निर्माण गर्ने बताए । ओलीले सत्तारुढ दल प्रति इगिंत गर्दै बैसाखी टेकेर एमाले सँग लड्न नसकिने बताउदै बलियो दल भएर पनि बैसाखी टेकेर लड्न खोजेको भन्दै बैसाखी टेकेर होइन सवै मिलेर आए पनि एमालेले जित्ने चुनौती दिए । उनले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने बताए ।

May be an image of one or more people, people standing, outdoors, crowd and text that says 'A.P.F. NEPAL'

हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गरे । कार्यक्रममा संघीय सांसद वृजेश कुमार गुप्ता स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गरे । कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।

May be an image of one or more people, people standing, outdoors and crowd
May be an image of 1 person, standing and crowd

गुप्ता सँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गरेका छन । सांसद गुप्ता ७ हजार कार्यकर्ता सहित प्रवेश गरेका छन ।

May be an image of 4 people and people standing

यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गर्नु भएको छ । विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।

May be an image of 4 people and people standing

कार्यक्रमलाई सम्बोधन गर्न आएका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले एमालेको खवरदारी कै कारण स्थानीय तहको निर्वाचन भएको बताए । यस्तै एमाले महासचिव शंकर पोख्रेलले सभाको सम्बोधन गर्दै आगामी दशकहरुमा केपी ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमालेले देशमा सम्बृद्धीको आधारशिला खडा गरेको कारण विपक्षीहरु डराएको समेत दाबी गरे ।

May be an image of 4 people, people sitting and people standing

विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।

May be an image of 3 people and people standing
May be an image of 3 people and people standingMay be an image of 3 people and people standing
427 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal