एमाले सङ एक्ला एक्लै लढ्ने हिम्मत कुनै पार्टी सङ नभएको सचिब रायमाझीको दाबी

२०७८ चैत्र १८ गते, शुक्रबार

अर्घाखाँची । एमाले सचिव टोपबहादुर रायमाझीले एमालेसित एक्लाएक्लै लड्न सक्ने हिम्मत कांग्रेसमा पनि नभएपछि हार स्वीकारेर ५ दलीय गठबन्धन गरेको बताएका छन् । ‘अरु पार्टी त लगभग हराइसकेका छन्, कांग्रेस पनि एमालेसँग एक्लै लड्ने आँट राखेन, अरुको वैशाखी टेक्न पुग्यो,’ शीतगंगा-३ दक्सुपाटामा एमाले अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै रायमाझीले भने, ‘एमाले बढार्न बनेको गठबन्धन चुनावमा आफै बढारिन्छ । अब कांग्रेसको पनि भविष्य ओरालो लाग्यो ।’


उनले अब देशको जिम्मा एमालेको काँधमा भएको दाबी गरे । पार्टी बैठकमा गठबन्धन नगरी एमालेसित चुनाव जित्न सकिँदैन भनेर शेरबहादुर देउवाले ब्रिफिङ गरेको कुराले पनि प्रस्ट थाहा हुन्छ, एमालेसँग एक्लै लड्न सरकारको नेतृत्वमा रहेको कांग्रेसले चुनाव नआउँदै हार खाइसकेको उनले बताए ।

कांग्रेसले जितेका अर्घाखाँचीका स्थानीय तहमा कुनै विकासका काम नभएको दाबी गरे । ‘जहाँ एमालेका जनप्रतिनिधि छन्, त्यहाँ विकासका काम धेरै भएका छन्,’ उनले भने, ‘शीतगंगामा एक मिटर बाटो पिच भएको छैन । भूमिकास्थान नगरपालिकामा हेर्नुस् कति धेरै बाटा पीच भएका छन् । मालारानीमा उस्तै विकास भएको छ ।’

आफू उर्जामन्त्री भएको बेला विद्युत्‌मा धेरै बजेट पारेको दाबी गरे । गठबन्धनबाट देश समृद्ध बन्ला, विकास होला भन्ने आशा नगर्न कार्यकर्तालाई अनुरोध गरे ।

263 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal