बाणगंगाका २७ हजार बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाउने लक्ष्य

२०७८ चैत्र २२ गते, मंगलवार

कपिलवस्तु । बाणगंगाका २७ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्ध खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताएका छन् । नगरपालिकामा खोप अभियानका लागी सम्पुर्ण तयारी पुरा भएको प्रमुख पौडेलले जानकारी दिए ।

बाणगंगा हरेक वडामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरुको अध्यक्षतामा खोप अभियानको शुभारम्भ गर्न लागिएको उनले बताए । नगरका ६६ वटा विद्यालयलाई खोप केन्द्र मानेर यही चैत्र २५ गतेसम्म खोप अभियान संचालन गर्न लागेको उनले बताए । उक्त समययावधिमा खोप लगाउन छुटेका उक्त उमेर समूहका बालबालिकालाई समुदाय स्तरमा रहेका खोप केन्द्रबाट खोप लगाउने व्यस्था गरिएको उनको भनाई छ ।

नगरभित्र विद्यालयमा अध्ययन गर्ने २३ हजार र विद्यालय बाहिर रहेका ४ हजार गरि जम्मा २७ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्ध खोप लगाउने लक्ष्य रहेको उनले बताए । उनका अनुसार बाणगंगामा उक्त खोप अभियानका लागी २१ हजार खोप आईसकेको छ भने थप खोप आउने क्रम जारी रहेको छ ।

दिसा मिसिएको, दुषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको हो ।

240 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal