गठबन्धन सरकार जनताको पक्षमा नभई केवल कमिसन, भ्रष्टाचार, सत्ता, कुर्चीको लोभमा फसेको दाबिः नेता न्यौपाने

२०७८ चैत्र २४ गते, बिहीबार

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले नेपाली जनताहरु गठबन्धनको पक्षमा नरहेको दाबि गर्नुभएको छ । एमाले बाणगंगा नगरपालिका वडा नं. ७ वडा कमिटिको चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले बर्तमान गठबन्धनको सरकारले जनताको पक्षमा काम नगरेकाले जनता गठबन्धनको पक्षमा नरहेको बताउनुभएको हो ।

पार्टीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका नेता न्यौपानेले गठबन्धन सरकार जनताको पक्षमा नभई केवल कमिसन, भ्रष्टाचार, सत्ता, कुर्चीको लोभमा फसेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि न्यौपानेले देशमा रहेका अधुरा काम गर्न एमालेको विकल्प नरहेको बताउनुभयो ।

उहाँले एमालेले सरकार छोडेको ८ महिनामै गठबन्धनको सरकारले जनताको मर्म नबुझि गास, वास तथा कपासको समेत अभाव हुने अवस्था ल्याएको बताउनुभयो ।

उहाँले गठबन्धनको सरकारले गरेको सफल काम पेट्रोलियम पदार्थ, ग्यास, तेल, खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीको मुल्य वृद्धि गर्नु रहेको बताउनुभयो । नेता न्यौपानेले ५ दलीय गठबन्धनमा कुन पार्टीलाई कस्ले भोट माग्ने हो त्यसको समेत टुंगो नरहेको बताउनुभयो ।

317 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal