एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न,पत्रकार इमरान खान सम्मानित

२०७८ चैत्र २४ गते, बिहीबार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा कपिलवस्तु नगरपालिका वडा नं.१ को आर्थिक सहयोग र निरा गृहिणी समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। वडाको निति तथा कार्यक्रम अन्तर्गतको राखिएको कार्यक्रमलाई यस छेत्रमा बसोवास गर्ने र विभिन्न आमा समुहमा आबद्ध हुनुभएका पदाधिकारीहरुलाई एक दिवसीय नेतृत्व विकास Leadership Development तालिम प्रदान गरिएको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै वडा सदस्य बिस्नु बारी संस्थाको संस्थागत विकास तथा महिला उध्यमीहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । तालिममा सहभागी पदाधिकारीहरुलाई स्वागत गर्दै संचालक समितिकी सदस्य सुशिला क्षेत्रीले तालिम एउटा सिकाईको अवसर हो यस्तो सिकाईलाई सार्थक बनाउन यसको निरन्तरता र प्रयोग बाट मात्र सक्षम नेतृत्व विकास हुने बताउनु भयो ।

संस्थाले विभिन्न आमा समुहका ६५ जना पदाधिकारीहरुलाई तालिममा सहभागी गराएको थियो । तालिमको सहजिकरण भाषण कला तालिम केन्द्र काठमाडौका प्रमुख प्रशिक्षक भागिरथ पोखरेलले गर्नु भएको थियो र साथै सम्मान समेत गरिएको थियो । तालिम पश्चात सहभागिहरुले तामिको विषयवस्तु, तालिम सहजिकरण गर्ने तरिका र तालिम व्यवस्थापन उत्कृष्ट रहेको प्रतिकृया व्यक्त गर्दै सिकाईलाई प्रभावकारी कार्यन्वयन गर्ने सहभागिहरुले प्रतिबद्ता जनाउनु भएको थियो। कार्यक्रमको अध्यक्षता निरा गृहिणी समाजकी अध्यक्ष निरा तिमिल्सिनाले गर्नु भएका थिए ।

297 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal