शिवराजमा गठबन्धन लाई उम्मेदवार खोज्न समेत सकस भएको एमालेको दाबि

२०७८ चैत्र २६ गते, शनिबार

कपिलवस्तु । नेकपा एमाले शिवराज नगरपालिका वडा न १ वडा कमिटीले ‘स्थानीय तहको निर्वाचन केन्द्रित गर्दै निर्वाचन परिचालन परिचालन पार्टि कार्यालय उद्घाटन गरेको छ । शिवराज १ शिवपुर चोकमा सनिवार निर्वाचन परिचालन पार्टी कार्यालयको उद्घाटन गर्दै एमाले कपिलवस्तुका सचिव चन्द्र बहादुर गहतराज ९सिवि० ले एमाले समपुुर्ण देशका नमगरीकको भरोसा भएको भन्दै हार्न छुट नरहेको बताउनु भयो ।

पाचँ दलिय गठबन्धनको चुनावि एजेण्डा नै अरुलाई हराउने मात्रै रहेको छ, हामी अरुलाई हराउन चुनावि मैदानमा छैनौ । हामी हाम्लाई जिताउन चुनावि मैदानमाम छौं हामीले कसैलाई हराउनु छैन हामि हाम्लाई जिताउन छ उहाँले भन्नु भयो ।

कार्यक्रममा बोल्दै अब एमालेलाई जुनसुकै पार्टी गठबन्ध भए पनि जित्न निकै गाह्रो भएको भन्दै हराउने रणनीतिमा अन्यदल लागेको बताउनु भयो । उहाँले गत निर्वाचनमा चौ गुणाले जितेको यो वडा यो चुनावमा अझै धेरै मतले जित्ने गरि लाग्न निर्देश दिनु भयो । विकासको पर्यावाची नै बनेको शिवराज एमाले पार्टी बाट जितेका जनप्रतिनिधिको देन रहेको बताउनु भएको थियो ।

एमाले जिल्ला कमिटी सदस्य बाबुराम सापकोटाले शिवराजको वडा न १ जितको लागि भोट बैककै रुपमा रहेकाले धेरै मत ल्याएर जित्ने गरी लाग्न निर्देशन दिनु भयो । उम्मेदवार छनौटको मौका जिल्ला कमिटीलाई नदिनुस उहाँले भन्नू भयो । बिगतका निर्वाचन जस्तै अहिले पनि बम्पर मतले जित्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य गणेश केसिले वडा १ मा चुनाव अभियान सुरु सङ्गै जितको निश्चित भएको बताउदै बिजयीको माबदल बजाउन सुरु गरे हुने बताउनु भयो । उहाँले वडा न एकमा एमालेलाई एक नम्बर कायम राख्न आफुरात दिन खटेको बताउनु भयो । ।कांग्रेस पार्टीले उम्मेदवार नपाएर टोल टोलमा खोजी गर्दै हिंडेको बताउदै केसीले एमालेको जो सुकै उम्मेदवार छनौट भए पनि एक नम्बर वडामा एक नम्बरकै उम्मेदवार आउँछ उहाँलेभन्नु भयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य जगत बहादुर जि सी ले केपि ओलिको सपना सहाकार गर्न एमालेलाई वडा देखि नै बिजयी गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले आम नागरीकहरुका समस्या समाधन गर्न एमालेलाई बिजयी गराउन लाग्ने बताउनु भयो ।

May be an image of 8 people, people standing and people sitting

गत निर्वानमा सबैको साथले आफु निर्वातिच भएको बताउदै यो निर्वाचनमा पनि एमालेकै जित हुने बताउनु भयो । पार्टी भित्र कुनै मतभेद नराखि निर्वाचन मा सबै एक भएर पार्टीको निर्देश मान्दै चुनापव मैदानमा होमिए वडा १ मा विजयी हाँसिल गर्न कठिन नहुने बताउनु भयो ।

कर्यक्रममा नगर कमिटी अध्यक्ष जगत पौडेले हामी अहिले सबै उत्साह तवरले एमालेमा लामबद्द रहेको बताउनु भयो । सत्ता पक्षका नेताहरु प्रतपक्ष पार्टी एमालेमा प्रवेश गर्नेको लहर चलेको बताउनु भयो । गठबन्धन भएका पार्टी नै एमाले सङ्ग अताल्लिएको बताउँदै शिवराजका टोल टोल एमाले मय भएको बताउनु भयो ।

एमाले सिद्दाउन अन्य राजनितिक तत्वहरु लगिपरे पनि सबै नागरीक एमाले जिताउने पक्षमा रहेको दावि गर्नु भयो । शिवराज १मा मै हँ भन्ने पार्टीलाई उम्मेदवार खोज्न समेत सकस भएको बताउनु भयो । कार्यक्रम एमाले शिवराज वडा न १ वडा कमिटी अध्यक्ष ढुढिंराज अधिकारीको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य शिवकुमारी चौधरी, एमाले शिवराज शिवराज नगर कमिटी उपाध्यक्ष महादेव पोख्रेललगायत एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

449 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal